राष्ट्रिय शोक दिवसमा शुभारम्भ विद्यालयमा जिन्जी आन्दोलनका सहिदहरू

0
IMG_9313

एकेडेमी नेपाल। सुबास जी सी। राष्ट्रिय शोक दिवसको अवसरमा मंगलबार तारकेश्वर–९, मनमैजुस्थित शुभारम्भ विद्यालयको प्राङ्गणमा विशेष श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात जिन्जी आन्दोलनमा सहादत प्राप्त वीर सहिदहरूको सम्झनामा मैनबत्ती प्रज्वलन र एक मिनेट मौनधारण गरी गरिएको थियो। उपस्थित विद्यार्थीहरूले पनि सहिदहरूको बलिदानप्रति नतमस्तक हुँदै श्रद्धाञ्जली अर्पण गरेका थिए।

नेपालको इतिहासमा जिन्जी आन्दोलन लोकतान्त्रिक अधिकार र स्वतन्त्रताको मागसहित अघि बढेको महत्वपूर्ण जनआन्दोलन मानिन्छ। सर्वसाधारणले आवाज उठाउन थालेपछि तत्कालीन सरकारले आन्दोलनलाई बलपूर्वक दमन गरेको थियो। त्यस क्रममा थुप्रै निर्दोष विद्यार्थी बालबालिका र नागरिकले प्राण गुमाउनु पर्‍यो भने सयौं घाइते भए। यस आन्दोलनले तत्कालीन राजनीतिक सत्ता संरचना हल्लाएर नेपाली जनतामा लोकतान्त्रिक चेतना जगाउने काम गरेको थियो। सहिदहरूको त्याग र बलिदानकै परिणामस्वरूप अन्ततः आन्दोलनले नेपाली राजनीतिमा नयाँ दिशानिर्देश दिन सफल भयो।
कार्यक्रममा शुभारम्भ विद्यालयका अध्यक्ष महेस प्रसाद सिटौलाले सहिदहरूको सम्झना मात्र गरेर सीमित नरहेर तिनका आदर्शलाई व्यवहारमा उतार्नु आजको पुस्ताको प्रमुख जिम्मेवारी भएको बताउनु भयो। उहाले “सहिदको सपना साकार पार्ने काम युवा पुस्ताबाट सुरु हुन्छ। त्यसका लागि विद्यार्थीहरूले इमानदार, सचेत र जिम्मेवार नागरिक बन्नुपर्ने कुरामा जोड दिदै जिन्जी आन्दोलनलाई नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण मोडको रुपमा स्मरण गरिने समेत जिकिर गरे।

सोही अवसरमा विद्यालयका शेयर सदस्य तथा स्थानीय अभिभावक किरण मल्लले विद्यालयद्वारा गरिएको यस कदमलाई उच्च सम्मान व्यक्त गरे। उनले भने, “निरन्तर यस्ता कार्यक्रमले नयाँ पुस्तामा सहिदप्रतिको श्रद्धा र राष्ट्रिय भावना जागृत हुन्छ। आज यस प्रकारको कार्यक्रम शिक्षा संग आबद्द संघ संथाले अनिबार्य गर्नु पर्ने थियो किन भने हाम्रा जस्तै बिद्यार्थी बालबालिका सहिद भएका छन्।
शुभारम्भ विद्यालयले यसअघि पनि विभिन्न सामाजिक र ऐतिहासिक अवसरहरूमा स्मरण तथा सचेतना कार्यक्रम गर्दै आएको छ। यस किसिमका गतिविधिले विद्यार्थीलाई पाठ्यपुस्तक बाहेक इतिहास, नागरिक चेतना र राष्ट्रिय जिम्मेवारीबोध सिक्न मद्दत गर्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *