3333

तारकेस्वर नगरपालिका–मनमैजुमा अवस्थित शुभारम्भ विद्यालय, मन्टेस्वरी स्कूलले नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थीलाई सहभागी गराउँदै २२ मङ्सिर २०८२ देखि (Sports Day – 2082) भव्य रूपमा सम्पन्न गरेको छ। दुई दिनसम्म चलेको उक्त खेलकुद महोत्सव विद्यालयको खेल मैदानमा अत्यन्तै उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयको तर्फबाट किरण मल्लले जानकारी दिनु भयो ।

कार्यक्रमको उद्घाटन २२ मङ्सिरमा विद्यालयको परिसरमा उद्घाटनसँगै बालबालिकाले आफ्नो उमेरअनुसार विविध प्रतियोगितात्मक तथा रमाइला खेलहरूमा सहभागिता जनाउँदै वातावरणलाई झनै रोचक बनाएका थिए। खेलकुद दिवसमा बालबालिकाले भाँडो फुटाउने, लुठो तानातान, १०० मिटर दौड, बल सुरक्षित राख्ने खेल, चकलेट दौड, बलुन फोड्ने, बल गन्ने, चम्मच–बल दौड, तीन खुट्टा दौड, छिटो जुत्ता लगाउने तथा केरा खानेजस्ता गतिविधिमा उत्तिकै मनोयोगका साथ प्रतिस्पर्धा गरेका थिए। विभिन्न उमेरसमूहमा छुट्टछुट्टै चरणमा चलेका यी खेलहरूले विद्यार्थीहरूमा आत्मविश्वास, चपलता, टीमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गरेको विद्यालयको भनाइ छ।

कार्यक्रमभरि शिक्षक शिक्षिका तथा बिधार्थीहरूको उत्साहजनक सहभागिताले वातावरणलाई झनै जीवन्त बनायो। विद्यार्थीहरूका उमंग, हाँसो, उत्साह र उत्कृष्ट प्रदर्शनले मैदानमा उपस्थित सबैलाई उत्साहित बनाएको थियो। प्रतियोगिताका प्रत्येक खेलले मनोरञ्जन मात्र नभई सिकाइ, अनुशासन र शारीरिक विकासलाई समेत समेटेको विद्यालयले बताएको छ।

समापन समारोह २३ मङ्सिरमा आयोजना गरिएको थियो, समापन समारोहलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश सिटौलाले भन्नुभयो,
“बालबालिकाको सर्वांगीण विकासका लागि खेलकुद शिक्षा आवश्यक मात्र होइन, अनिवार्य छ। यसले बच्चाहरूमा नेतृत्व क्षमता, अनुशासन, सहयोगभावना र व्यवहारिक जीवनदक्षता विकास गर्छ। शुभारम्भ विद्यालयले ‘सीप–अनुभव–व्यवहार’ आधारित सिकाइलाई प्राथमिकता दिंदै आएको छ, र आगामी दिनमा यस्तो कार्यक्रमलाई अझ विस्तार गर्दै लैजानेछ।”

उनले विद्यालयलाई निरन्तर विश्वास र साथ दिएका अभिभावकहरूप्रति विशेष कृतज्ञता व्यक्त गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि विद्यालय सधैं प्रतिबद्ध रहने उल्लेख गर्नु भयो साथै शुभारम्भ विद्यालयले आगामी दिनमा पनि शैक्षिक, सांस्कृतिक र खेलकुद कार्यक्रमले भरिपूर्ण सिकाइ यात्रा निरन्तर चलाइरहने प्रतिवद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *