मोडल स्मारिका ढकाल भजनमा झुम्दै, “सद्दे मनको बैराग्य” ले चर्चा बटुल्दै

0
603783797_33546527538264839_5206399924273035133_n

भक्तिमय सिर्जनाको क्षेत्रमा निरन्तर साधनारत अष्ट्रेलिया निवासी भेसराज सापकोटाको प्रस्तुतिमा तयार गरिएको नयाँ भजन “सद्दे मनको बैराग्य” भव्य रूपमा सार्वजनिक भएको छ। सार्वजनिक भएको छोटो समयमै यस भजनले दर्शक तथा श्रोतामाझ गहिरो प्रभाव पार्न सफल भएको छ।

हेमनाथ खरालको अर्थपूर्ण शब्द रचना, प्रकाश सापकोटाको भावनात्मक भाका तथा वरिष्ठ संगीतकार बी.बी. अनुरागीको सन्तुलित र गहिरो संगीत संयोजनमा तयार भएको यस भजनले आध्यात्मिक चेतना, वैराग्य र जीवनमार्गको सूक्ष्म दर्शन प्रस्तुत गरेको छ।

भजनमा भेसराज सापकोटा, बसन्त थापा, सुनिता बुढा क्षेत्री, नारद बा लगायतका कलाकारहरूको पवित्र र भावप्रवण स्वर सुन्न सकिन्छ, जसले श्रोताको मन छुने अनुभूति दिन्छ।

भिडियो पक्षतर्फ, भजनको अभिनयमा लोकप्रिय कलाकार स्मारिका ढकालसुरेश कोहलीको जीवन्त प्रस्तुति देख्न सकिन्छ। स्मारिका ढकालसँग हेमनाथ खरालको भावनात्मक प्रस्तुतिले दर्शकलाई झुमाउन सफल भएको प्रतिक्रिया प्राप्त भइरहेको छ।
भजनको कोरियोग्राफी तथा निर्देशन केशव राज भट्टले गरेका हुन्, जसले दृश्य, भाव र संगीतबीच उत्कृष्ट सन्तुलन कायम गरेका छन्।

राष्ट्रसन्त गुरु परमानन्द सरस्वतीजी महाराजको दिव्य स्मरणमा समर्पित यो भजन सर्जक भेसराज सापकोटाका स्वर्गीय हजुरबुवा–हजुरआमा शेषकान्त सापकोटा तथा स्व. दमयन्ती सापकोटाप्रति श्रद्धाञ्जलीस्वरूप निर्माण गरिएको हो। यस भजनले गुरुपरम्परा, धर्म, ज्ञान र आत्मबोधको जीवनमार्गलाई गहिरो सन्देशका साथ उजागर गरेको छ।

भजन निर्माणमा परमानन्द गुरुकुल परिवार, हरिहर सन्यास आश्रम, गलेश्वर आश्रम तथा सम्पूर्ण कलाकार तथा प्राविधिक टिमको उल्लेखनीय सहयोग रहेको कुरा सर्जक सापकोटाले जानकारी दिएका छन्।
विशेष आकर्षणका रूपमा भजनको गुरु वन्दना भेसराज सापकोटाका पिताजीकै स्वरमा समावेश गरिएको छ, जसले सम्पूर्ण सिर्जनालाई अझ पवित्र र भावनात्मक बनाएको छ।

सार्वजनिक भएको ३ सातामै ३ लाखभन्दा बढी दर्शकले हेरेको यो भजन हाल YouTube को “Sunita Budha Chhetri” च्यानल मार्फत प्रसारण भइरहेको छ।
हिजोभन्दा आज, र आजभन्दा भोली झन् व्यापक रूपमा चर्चा चुलिँदै गएको यो भजनले भक्तिमय सिर्जनाको क्षेत्रमा नयाँ उचाइ छोएको विश्लेषकहरूको टिप्पणी छ।

ॐ सर्वे भवन्तु सुखिनः…” जस्ता शान्तिमन्त्रद्वारा समापन गरिएको यस भजनले आध्यात्मिक शान्ति, भक्ति र आत्मिक सन्तुलन खोज्ने सम्पूर्ण दर्शक तथा श्रोतालाई गहिरो अनुभूति दिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *