१८ स्कुल सहभागी अन्तरविद्यालय स्पेलिङ बी प्रतियोगिता सम्पन्न
सुबास जि सी काठमाण्डौ। – Pre Primary and Primary Education Network को आयोजनामा ‘Inter School Spelling Bee Competition – 2082’ भव्य रूपमा सम्पन्न भएको छ। तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित शुभारम्भ विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा कूल १८ वटा स्कुलका नर्सरीदेखि कक्षा UKG का बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगिता करिब ३ घन्टासम्म सञ्चालन भएको थियो। कार्यक्रमको सम्पूर्ण व्यवस्थापन शुभारम्भ बिद्यालय मनटेस्वरी स्कुल, तारकेश्वर मनमैजुले सफलतापूर्वक सम्पन्न गरेको हो।
प्रतियोगितामा एक्टिभ किड्स स्कुल का विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पार्न सफल भए।
सभ्यता लिटिल स्टार स्कुलले द्वितीय स्थान प्राप्त गर्दा, आगमन एकेडेमीले तृतीय स्थान हासिल गर्यो।
सहभागी सबै विद्यालयका विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो, जसले उनीहरूमा अझ उत्साह र आत्मविश्वास थप्ने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।

कार्यक्रमले बालबालिकाको अङ्ग्रेजी शब्द उच्चारण र वाचन क्षमता वृद्धि गर्नुका साथै उनीहरूमा मञ्चमा बोल्ने साहस, प्रतिस्पर्धात्मक भावना र आत्मबल विकासमा टेवा पुर्याउने उद्देश्य राखिएको थियो।
कार्यक्रमको समापनमा आयोजक संस्थाले सबै सहभागी विद्यालय र अभिभावकहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा यस्ता सृजनात्मक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको थियो।


