SEE फेयरवेल – २०८१ : भावुकता र सांस्कृतिक उत्सवको संगम बन्यो

0
_A748829

सुबास जी सी काठमाडौं, नर्थपोल एकेडेमी, तारकेस्वर मनमैजुमा आयोजित ‘SEE फेयरवेल – २०८१’ कार्यक्रम सांस्कृतिक झल्को, प्रेरणादायी मन्तव्य र भावुकता सहित सम्पन्न भएको छ। विद्यालय सञ्चालक समिति अध्यक्ष श्यामकृष्ण भेटवालको सभाध्यक्षतामा सम्पन्न उक्त समारोह करिब ३ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीलाई प्रेरणा, शिक्षकलाई सम्मान, अभिभावकलाई गर्व कार्यक्रमको संचालन प्रिन्सिपल डा. एस माधवन र विद्यालय इन्चार्ज शर्मिला श्रेष्ठ द्वयले गरेका थिए। कार्यक्रममा SEE पश्चातको भबिस्य खोज्दै गरेका विद्यार्थीहरूलाई भव्य विदाई दिइयो। कार्यक्रममा शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भमै कक्षा १० का विद्यार्थीहरूले सांस्कृतिक विविधता झल्किने प्रस्तुत गरेको स्वागत नृत्य निकै मनमोहक थियो। विद्यालय सञ्चालक समिति उपाध्यक्ष कुलचन्द्र आचार्यले स्वागत मन्तव्य दिँदै सम्पूर्ण विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिए। विद्यालयकी शेयरहोल्डर तथा नर्थ पोल किड्स एकेडेमीकी म्यानेजिङ डाइरेक्टर रेणुका अधिकारीले कक्षा १० का विद्यार्थीहरूलाई सम्बोधन गर्दै “जीवनको यो पहिलो परीक्षा मात्र हो। अझ धेरै अवसरहरू तपाईंहरूको प्रतीक्षामा छन् – आत्मविश्वास कहिल्यै हराउन हुँदैन।” भन्दै प्रेरित गरन भ्याइन। त्यसपछि विद्यार्थीहरुद्वारा आकर्षक सांस्कृतिक नृत्य प्रदर्शन गरियो अझै भनौ शिक्षकहरूको नृत्य प्रस्तुतिले विशेष आकर्षण संगै माहोल गरम तुल्याएको थियो। कार्यक्रममा विद्यालय सञ्चालक समिति सचिव दामोदर पाण्डे, कोषाध्यक्ष मुना घिमिरे, फाउन्डर सदस्यहरू ध्रुवप्रसाद रेग्मी, केदारनाथ भेटवाल लगायतका सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रमको विशेष आकर्षणको रूपमा विषायक ४.० GPA ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरियो। यसले विद्यार्थीसँगै अभिभावकको पनि अनुहारमा गर्वको चमक थपेको थियो। त्यो चमक क्षण भरमा सोलायो र माहोल फेरियो,
सभाध्यक्ष श्यामकृष्ण भेटवालको भावुक अभिव्यक्तिले एकाएक कार्यक्रम सुनसान बन्यो। कार्यक्रमको अन्त्यतिर मनतब्य राखेका सभाध्यक्ष श्यामकृष्ण भेटवालले आफ्नै स्वास्थ्य अवस्था बारे उल्लेख गर्दै निकै भावुक अभिव्यक्ति दिएका थिए। आफु अस्वस्थ रहेको र हालै अपरेसनको तयारी गरिरहेको जनाउँदै, “संयोगले अपरेसन सारियो, अनि यो कार्यक्रममा सहभागी हुने अवसर मिल्यो। अप्रेसन एक युद्द मैदान हो र बिरामी युद्दको सिपाही, कहिले काही युद्दको सिपाहीले आफ्नो बलिदानीले युद्द जितेर आफुले हार्न सक्छ र म पनि स्वास्थ्य संग लड्दै गरेको सिपाही हो जो आज भाग्यले यहा छु। तपाइहरुको बिदाइलाइ मेरो स्वास्थ्यले साथ् दियो कि भाग्यले भन्दा उपस्थित सबैका आखा रसायाका थिए।

श्यामकृष्ण भेटवाल बिदाइ भएर उच्च शिक्षाको तयारीमा रहेका विद्यार्थीलाई “आफ्नो लक्ष्यप्रति समर्पित रहनु, समयको सदुपयोग गर्न जान्नु र आत्मअनुशासनलाई जीवनशैली बनाउनु” भन्ने महत्वपूर्ण सुझाव गर्नु भयो । भेटवालले “जीवनमा सफलता पाउनु भनेको केवल बुद्धिको कुरा होइन, निरन्तर प्रयास, धैर्य र अनुशासनको संयोजन हो। तपाईंहरू अब एउटा नयाँ यात्रा सुरु गर्दै हुनुहुन्छ—त्यसमा सपनालाई व्यवहारमा रूपान्तरण गर्ने साहस र समर्पण आवश्यक पर्छ।” भन्दै कार्यक्रमको समापन गर्नु भयको थियो। उहाँको यो सुझावले विद्यार्थीहरूलाई भावनात्मक रूपमा मात्र होइन, व्यवहारिक दृष्टिले पनि उच्च शिक्षा र भविष्यप्रतिको सोचमा गम्भीर हुन प्रेरित गरेको मेरो बुझाइ छ।
यसरी करिब तीन घण्टा चलेको कार्यक्रम सांस्कृतिक, शैक्षिक र भावनात्मक पक्षमा समृद्ध रह्यो। नर्थपोल एकेडेमीले विद्यार्थीहरूलाई मात्र होइन, अभिभावक र शिक्षकहरूसमेतलाई जोड्ने यो कार्यक्रमले विद्यालयको शैक्षिक दृष्टिकोण र समग्र विकास प्रतिको प्रतिबद्धता झल्काएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *