सीमा को ‘भोटे कुकुर’: पाल्पा देखि काठमाण्डौ सम्म गायिका कोमल वली लाइ.…
सुबास जी सी काठमाण्डौ : भोटे कुकुर हामि नेपालीको पहिचान र गर्व हो। भोटे कुकुर केवल एउटा जात मात्र होइन, यो हाम्रो पहिचान, प्रकृतिसँगको सह-अस्तित्व, र नेपाली जनजीवनको अभिन्न हिस्सा हो। भोटे कुकुरले पहाड र हिमालका कठिन भूगोलहरूमा मानिसलाई सुरक्षा, साथ, र मित्रताको प्रतीक बनेर युगौँदेखि सेवा गरिरहेको छ तर यहा प्रसंग भोटे कुकुर को नभएर कला र संस्कृति को हो। उदयीमान रचनाकार सीमा ज्ञवालीले पाल्पाली मौलिक भाकामा आधारित ‘भोटे कुकुर’ नामक एल्बम बजारमा ल्याएकी हुन्। त्यस्तै नेपाली लोकसंगीतमा निरन्तर नविनता ल्याउँदै आएकी चर्चित गायिका कोमलको स्वर यस गीतमा सुन् पाइन्छ।
पाल्पाली मौलिक भाकामा आधारित ‘भोटे कुकुर’ नामक यस गीतले नेपाली मौलिक संस्कृतिलाई रोचक व्यङ्ग्यात्मक स्वादमा प्रस्तुत गरेको छ। Zero Hours Digital युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले श्रोता-दर्शकमाझ उल्लेख्य चर्चा बटुल्दै गएको छ।
यस गीतको शब्द रचनाकार सीमा ज्ञवाली हुन्, जसले नेपाली समाजमा पाइने राजनीतिक, सामाजिक र पारिवारिक विसङ्गतिहरूलाई लोकलयमा संगालेर हल्का हास्यरस र गम्भीर सन्देशसहित प्रस्तुत गरेकी छिन्। ‘भोटे कुकुर’ भनी सामान्य नाम भए तापनि गीतले समाजको गहिरो यथार्थलाई सटिक रुपमा उभ्याएको छ। राजेश कुमार श्रेष्ठको संगीत संयोजनले पाल्पाली धुनको मौलिकता झल्काउँदै गीतमा ऊर्जा र मिठास थपेको छ। श्रेष्ठको संगीतले श्रोतालाई पहाडी जनजीवनको स्वाद र भावनासँग जोड्ने प्रयास गरेको छ, जुन अत्यन्त सराहनीय छ।
विशेष गरी अश्मिता राना मगर र गरिमा भट्टराईको अभिनयले ग्रामीण परिवेश, सामाजिक छलफल र सांस्कृतिक झलकलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। गीतको छायांकन रामेश्वर हुमागाईंले गरेका हुन् .
मेकअप आर्टिस्ट प्रिया नगरकोटीले पात्रहरूलाई भूमिकासँग मेल खाने बनावट दिएकी छन्। गीतको रेकर्डिङ र संगीत सम्पादन Music Cloud Studio मा गरिएको हो, जहाँ प्रविधिको प्रयोगसँगै लोकधुनलाई आधुनिक र सुमधुर बनाउनमा विशेष ध्यान दिइएको छ।
‘भोटे कुकुर’ केवल एउटा लोकगीत मात्र होइन, यो गीत नेपाली समाजको वास्तविकता, राजनीति, सांस्कृतिक मूल्य र ग्रामीण जनजीवनको चित्रण हो। यस गीतमार्फत कलाकारहरूले नेपाली लोकसंगीतको सम्भावनालाई फेरि एकपटक उजागर गरेका छन्।

सीमा ज्ञवाली सशक्त र सचेत गीतकारहरूले नेपाली समाजका विविध आयामलाई गीतमार्फत उठान गर्नु अत्यन्त सराहनीय छ। साथै, राजेश कुमार श्रेष्ठजस्ता प्रतिभाशाली संगीतकारहरूको मेहनतले नै यस्ता गीतहरूमा जीवन र आत्मा भरिएको हुन्छ।
नेपाली लोकसंगीतको क्षेत्रमा यस्तो सिर्जनात्मक कामले पाल्पाली भाकालगायत देशका अन्य मौलिक धुन र शैलीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ठुलो सम्भावना बोकेको छ। यस्तो प्रकारका सिर्जनाहरूले नेपाली लोकसंगीतलाई नयाँ पुस्तासम्म पुर्याउने र परम्परागत धरोहरलाई जगेर्ना गर्ने कार्यमा सघाउ पुर्याउनेछन्।
गीत सुन्न र हेर्न चाहनुहुन्छ भने Zero Hours Digital को युट्युब च्यानल मा गएर ‘भोटे कुकुर’ खोज्नुहोस्।
