गुणस्तर शिक्षा केवल ठूला शुल्कले होइन, ठूला उद्देश्यले सम्भव छ।
सुबास जी सी एकेडमी नेपाल। २०८१ सालको एसईई परीक्षामा तारकेश्वर नगरपालिका–९ स्थित शुभकामना इङ्लिस बोर्डिङ स्कुलले जुन सफलता हासिल गर्यो, त्यो केवल नतिजा मात्र होइन – एक प्रेरणादायी कथा हो। विद्यालयका २५ जना विद्यार्थीमध्ये ७ जनाले ४.०० जिपिए ल्याएर आफ्नो क्षमता र सम्भावनाको उज्यालो झलक देखाए। तीमध्ये ५ जना होनहार छात्रा – स्वेता गुरुङ, सोफिया सैयद, अञ्जली थापा, आयुषा राई, सदिक्षा भट्टराई – जसले “छोरीहरू पनि सशक्त र सक्षम हुन्छन्” भन्ने सन्देश दिन सफल भए। त्यसैगरी बिनायक शर्मा र समिश्रन तामाङ नामका दुई होनहार छात्रले पनि ४ जिपिए ल्याएर विद्यालयको झण्डा अझ उचो बनाएका छन्।
यस अतिरिक्त, ३.९६ ल्याउने १ जना, ३.९५ ल्याउने ८ जना र ३.७७ देखि ३.९१ बीचका ९ जना विद्यार्थीले पनि उत्साहजनक नतिजा प्राप्त गरेका छन्। औसत ३.९२ जिपिए – जुन कुनै साधारण उपलब्धि होइन!
तपाईंहरूको मेहनत, अनुशासन र आत्मविश्वास नै आजको शुभकामना स्कुलको सफलताको मूल रहस्य हो। तपाईंहरूले देखाएको मेहेनतले सम्पूर्ण समुदायलाई गर्व गर्न बाध्य बनाएको छ। साथै अभिभाबक ज्यु तपाईंहरूले आफ्नो सन्तानको भविष्यका लागि जुन भरोसा शुभकामना स्कुललाई दिनुभयो, त्यो आजको उपलब्धिबाट सही साबित भएको छ। तपाईंहरूको माया, धैर्यता र समर्थन बिना यस्तो उपलब्धि सम्भव हुने थिएन।
शुभकामना स्कुलको शिक्षण प्रणाली, नेतृत्व क्षमता र व्यवस्थापन साँचिकै प्रशंसनीय,र अब्बल थियो भनेर हामीले भनिरहन नपर्ने भएको छ। तपाईंहरूले “सस्तो शुल्कमा उत्कृष्ट शिक्षा” भन्ने नारालाई केवल शब्दमा होइन, व्यवहारमै साकार पार्नुभएको छ। अन्त्यमा विद्यालयका गुरु तथा गुरु आमाहरु तपाईंहरूको अथक परिश्रम, विद्यार्थीहरूप्रतिको लगाव र निष्ठा नै सफलताको मूल कुंजी हो। तपाईंहरू कुनै पाठ्यक्रम मात्र होइन, बिधार्थीको भविष्यको बाटो कोर्दै जानुहोस हाम्रो तर्फबाट शुभकामना
📢 “विद्यार्थीले परीक्षा पास गर्छन्, तर गुरुहरूले त जीवनको परीक्षा पास गराउँछन्।”

